Nepali Laws
From PlanetNepal
Nepal ko kanoon Bhagwan le janoon
आज मुलुकले जुन दिशामा आफ्नो गती सारेको छ, त्यस्को सम्पूर्ण श्रेय यहाँहरुलाई जान्छ, तपाईंहरु सबैलाई, जो दिन रात एक गरेर एउटा सुन्दर भोलीको कल्पनमा एउटा युद्धमा होमिनुभएको छ, तपाईंहरु सबैलाई सादर नमस्कार छ । हामी बिदेशमा सुन्दर सपना देखनेहरुलाई सिकाउनु भएकोछ मुलुक के हो? जनता के हो? प्रजातन्त्र के हो? नेताहरु के हुन? युद्ध कस्तो हुन्छ? मृत्यु के हो? बलिदान के हो? तपाईंहरु जुन युद्धमा लाग्नु भएको छ, त्यस्मा हाम्रो आहुती स्विकार्नुस्, हाम्रो आत्मा तपाईंहरु सँग नै छ, फरक यती छ कि हामी कायर भएर रणभुमी छोड्यौ, यहाँहरु अझै युद्धरत हुनुन्छ, फेरीपनि नेपाली आमाका सपुत्, तपाईं दिदी भाई दाजु बहिनी सबैलाई हामी बिदेशिएका भाई बहिनी दाजु दिदी को तर्फ बाट सादर प्राणाम छ ।